INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला, शम्भूनाथ नगरपालिका–२, घर भई गोदावरी नगरपालिका–३, मोतिचौर बस्ने २० वर्षीय राम आशिस सदालाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १६ गते बलात्कार गरेको भन्दै जेठ १७ गते पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

घटनापछि बालिकाले आमाबुबालाई जानकारी दिएपछि उजुरी परेको र सोही आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते पाटन अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो