INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ १८ गते ३८ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले घरमा आमा नभएको मौकामा यौन दुर्व्यवहार गर्दै आएको भन्दै पीडित बालिकाले जेठ १८ गते आमालाई लिई महानगरीय प्रहरी वृत्त स्वयम्भुमा उजुरी दिए लगत्तै आरोपितलाई गिरफ्तार गरिएको इन्सपेक्टर हेमन्त विक्रम थापाले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते प्रसूति गृह थापाथलीमा गरिएको छ ।

अन्य

भिडियो