INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा बिष्णु गाउँपालिका–७ दुलवाका २१ वर्षीय शिवा भनिने शिवकुमार याद विरुद्ध पीडितले जेठ १८ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएकी छिन् ।

पीडित युवतीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको र २३ दिनपछि कथित तल्लो जातको केटीलाई विवाह गर्न सक्दिन भन्दै आरोपित भागेको पीडितको आरोप छ ।

आरोपित यादवको परिवारले समाजको दबाबपछि पीडित युवतीलाई गाई गोठमा बन्दी बनाएर राखेकोसमेत पीडित पक्षको आरोप छ ।

‘तल्लो जात’को केटीलाई बुहारी बनाउन नसक्ने र उसको हातको पानी नचल्ने भन्दै यादवको परिवारले गोठमा राखेको पीडित पक्षको आरोप छ ।

महिला शान्ति सेवा केन्द्रकी प्रमुख बनिता काकीर्, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली, मानव अधिकारकर्मीलगायतको टोलीले जेठ १६ गते गोठमा बन्दी बनाइएकी पीडित युवतीलाई उद्धार गरेको दलित समुदायका अगुवा महेश पासवानले बताउनु भयो ।

पीडित युवतीले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा दिएको उजुरी दर्ता गरी आरोपितको खोजी कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १७ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।

अन्य

भिडियो