INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक रोगबाट पीडित २३ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुलवारी-२ का २८ वर्षीय शालिकराम परियारलाई फागुन २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले माघ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २९ गते प्रहरी चौकी दमारगाउँमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा माघ २९ गते भयो ।

अन्य

भिडियो