चौरीदेउराली गाउँपालिका–९ गोठपानीकी २२ वर्षीया सुमिना गुरुङलाई जेठ १ गते हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति सोनाम लामालाई जेठ ६ गते गिरफ्तार गरेको छ ।
सुमिनाको कञ्चट र स्तनमा पिक र सावेलले प्रहार गरी हत्या गरी खाडलमा पुरेको भन्दै मृतकका बुबा तनहुँ जिल्ला बन्दीपुर नपा–४ का विष्णुबहादुर गुरुङले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
सोही उजुरीको आधारमा प्रहरीले सोनामसँगै सोनामका ६६ वर्षीय बाबु चन्द्रबज्र लामालाई अनुसन्धानका लागि गिरफ्तारगरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले बताउनु भयो ।
डिएसपी खतिवडाका अनुसार शवको पोस्टमार्टम जेठ ६ गते धुलिखेल अस्पतालमा गरिएको छ ।