२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका-१२ लम्सुका ३१ वर्षीय बीरबहादुर शाहीलाई प्रहरीले जेठ ६ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०७७ फागुन २८ गते महिलाको घरमै बलात्कार गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जेठ ३ गते दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।
घटना कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका कारण घटना लगत्तै उजुरी गर्न नसकेको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई बतायो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ३ गते दैलेख जिल्ला अस्पतालमा गरिएको डाक्टर जीवन ज्ञवालीले बताउनुभयो ।