स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये नौ प्रतिशत १९ वर्ष मुनीका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ । यो साता प्रतिदिन सरदर १ सय ९४ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । मन्त्रालयले एक सातामा १ लाख ४० हजार ५ सय ४३ ओटा स्वाब परीक्षण गर्दा ६० हजार ७ सय ७५ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ । एक सातामा ३८ हजार ७ सय २९ जना सङ्क्रमित निको भए भने १ हजार ३ सय ५६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो । नेपालमा कोभिड–१९ को दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको दर पनि ह्वात्तै बढेको छ । देशका ७४ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरी कोभिड नियन्त्रणको पहल गरिएको गृह मन्त्रालयले जनाएको छ ।
| एक साताको अवधिमा कोभिड परीक्षण, सङ्क्रमित, निको भएका र मृत्यु भएकाहरू | ||||||||
| विवरण | ३ गते | २ गते | १ गते | ३१ गते | ३० गते | २९ गते | २८ गते | जम्मा |
| परीक्षण | २१६५३ | १९५३९ | १७९७१ | २०९४८ | १९४७४ | २०३६२ | २०५९६ | १४०५४३ |
| सङ्क्रमित | ९१९८ | ७३१६ | ८०४६ | ८४६७ | ८९६० | ९३०५ | ९४८३ | ६०७७५ |
| १९ वर्ष मुनीकालाई सङ्क्रमण | ८५६ | ६५८ | ६८३ | ७०२ | ८३३ | ७८८ | ९३२ | ५४५२ |
| निको भएका | ५७६७ | ६६४८ | ५४५५ | ६१३५ | ५०५५ | ४४४४ | ५२२५ | ३८७२९ |
| मृत्यु | २१४ | १४५ | १८७ | २०३ | २१४ | १६८ | २२५ | १३५६ |
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ वैशाख २७ गतेदेखि जेठ ३ गतेसम्मको अवधिमा झापामा ८ सय ९६ जना पुरूष र ७ सय १४ जना महिला गरी १ हजार ६ सय १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ७ सय ८ जना पुरूष र ४ सय ९८ जना महिला गरी १ हजार २ सय ६ जना, मोरङमा १ हजार ७ सय ९ जना पुरूष र १ हजार ३ सय ६७ जना महिला गरी ३ हजार ७६ जना, पाँचथरमा २४ जना पुरूष र १३ जना महिला गरी ३७ जना, सङ्खुवासभामा १ सय ३ जना पुरूष र ६१ जना महिला गरी १ सय ६४ जना, उदयपुरमा ७५ जना पुरूष र ६८ जना महिला गरी १ सय ४३ जना, भोजपुरमा ५९ जना पुरूष र १२ जना महिला गरी ७१ जना, धनकुटामा ८२ जना पुरूष र ७२ जना महिला गरी १ सय ५४ जना, इलाममा ६२ जना पुरूष र ४३ जना महिला गरी १ सय ५ जना, खोटाङमा २८ जना पुरूष र १७ जना महिला गरी ४५ जना, ओखलढुङ्गामा ४८ जना पुरूष र ३७ जना महिला गरी ८५ जना, सोलुखुम्बमा ३२ जना पुरूष र १६ जना महिला गरी ४८ जना, ताप्लेजुङमा ७५ जना पुरूष र ६८ जना महिला गरी १ सय ४३ जना र तेहृथुममा ४७ जना पुरूष र ३४ जना महिला गरी ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला,मेची अस्पताल प्रयोगशाला,कोटीहोम प्रयोगशाला,नोवेल अस्पताल प्रयोगशाला,विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ६ हजार ९ सय ६८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वैशाख २८ गतेबाट जेठ ३ गतेसम्म थप ४ हजार ७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये २ हजार १ सय ७४ जना पुरुष र १ हजार ८ सय ३३ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ३ सय ५५ रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ ३ गतेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ८ हजार ३८ जना होम आइसोलेशनमा रहेका छन् भने १ सय ९४ जना संस्थागत आइसोलेशन, १ सय १६ जना आइसियू र ३३ जना भेन्टिलेटरमा रहेका छन् । कोभिड १९ सङ्क्रमण बढेसगै प्रदेशमा मनाङ बाहेक १० ओटा जिल्लामा आंशिक र पूर्ण रुपमा निषेध आदेश जारी गरिएको छ । हाल कास्की, गोरखा, तनहुँ, स्याङ्जा, नवलपुर मा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने लमजुङ, म्याग्दी र पर्वतमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको जेठ ३ गतेको तथ्याङ्क अनुसार गत २४ घण्टामा कोभिड १९ सङ्क्रमणले २४ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड १९ सङ्क्रमणले ४ सय ७ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश
कोभिड सङ्क्रमण बढ्दै गएपछि प्रदेशका १२ ओटै जिल्लामा निषेध आदेश जारी भएको छ । लुम्बिनी प्रदेशमा यस साता महिला ४ हजार ५ सय ४५ जना र पुरुष ५ हजार ८ सय २२ जना गरी १० हजार ३ सय ६७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता भन्दा १ हजार २६ जनाले घटेको छ । यस साता सबै भन्दा बढी रुपन्देही जिल्लामा ३ हजार ८ सय ३४ जना र सबैभन्दा कम रुकुम पुर्व जिल्लामा ६ जना सङ्क्रमित भए । यसैगरी, अर्घाखाँचीमा २ सय २६ जना, बर्दियामा ८ सय ६ जना, दाङमा १ हजार ६ सय ३४ जना , गुल्मीमा २ सय ७४ जना , कपिलवस्तुमा ३ सय १८ जना, पाल्पामा ६ सय १९ जना, प्यूठानमा ४७ जना, रोल्पामा १ सय ६९ जना, बाँकेमा २ हजार १ सय ७५ जना र नवलपरासी पश्चिममा २ सय ६९ जनामा सङ्क्रमण पुष्टि भयो । लुम्बिनी प्रदेशमा २१ हजार ८ सय ३९ जना होम आइसोलेशन, १ हजार ४ सय ३५ जना संस्थागत आइसोलेशन, १ सय १३ जना आइसियु र १८ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित बाँके, दाङ, कपिलवस्तु, पाल्पा, रुपन्देही र बर्दियामा रहेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६५ जनामा गरिएको परीक्षणमा १ हजार ४ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेशमा जेठ २ गतेसम्म ६३ हजार ७ सय ८१ जना कोभिड सङ्क्रमित भए । जसमध्ये ४४ हजार ८ सय ३० जना निको भए भने १ हजार १ सय ९ जनाको मृत्यु भयो । अन्य विभिन्न आइसोलशेन सेन्टर तथा अस्पतालमा उपचाररत रहेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा अहिलेसम्म १७ हजार ४ सय १२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म १० हजार ४ सय ८६ जना कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा ५ हजार ४ सय ४९ जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या १ सय ६२ रहेको छ । गत एक सातामा ३ हजार ९ सय ६६ जनालाई कोभिड देखिएको थियो भने ६४ जनाको मृत्यु भइसकेको छ । कर्णाली प्रदेश अस्पताल (कोभिड अस्पताल) सुर्खेतले वैशाख ३१ गते अक्सिजनको अभावमा थप सङ्क्रमितहरूको भर्ना नगर्ने सामाजिक सञ्जालमा सूचनामार्पmत जानकारी गराएपछि जनस्तरको दबाब तथा इन्सेकको अगुवाइमा जेठ २ गते उच्च अदालत सुर्खेतमा रिट दायर भए लगत्तै अस्पतालले सङ्क्रमितहरूको भर्ना लिन सुरू गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा जेठ २ गते बसेको मन्त्रीपरिषदको बैठकले डोल्पा, मुगु र हुम्लाका जटिल प्रकारका सङ्क्रमितहरूलाई हेलिकप्टरबाट उद्धार गर्ने र स्वास्थ्य सामग्री खरिदका लागि १३ करोड ८० लाख रुपियाँ सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य निर्देशनालय सुर्खेतलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ०७८ वैशाख २१ गतेदेखि ०७८ जेठ ३ गतेसम्म १ हजार ८ जना महिला सहित ४ हजार ९ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जेठ ३ गते मात्रै सुदूरपश्चिममा ३ सय ७१ महिलासहित १ हजार ५३ जनामा सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो २४ घण्टमा १४ जनाको मृत्यु भएसँगै सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३ सय ३८ जना पुगेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । आइसियुमा ४१ जना र भेन्टीलेटरमा १० जनाको उपचार भइरहेको र ३६ जना निको भएको निर्देशनालयले जनाएको छ । यस प्रदेशमा २ सय ४४ जना महिला सहित १ हजार १ सय ७ जना आइसोलेसनमा बसेका छन ।