INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–१२ का ४० वर्षीय दुलार मुखियालाई वैशाख २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको र गाउँमै घटना मिलापत्र गर्न खोज्दा उजुरी दिन ढिला भएकाले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २७ गते गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्मा पौडेलका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको छ ।

अन्य

भिडियो