INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–८ का ६५ वर्षीय तुलबहादुर थापालाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७७ वैशाख ११ गते न्यूरो खोज्न वन गएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०७७ कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका थिए ।

पीडित गर्भवती भएसँगै घटना बाहिरिएपछि फरार भएका आरोपितलाई प्रहरीले ०७८ वैशाख २३ गते गोरखा नगरपालिका–१३ मझुवाव देउरालीबाट गिरफ्तार गरेको छ ।

भागेर भारतको गया भन्ने स्थानमा चौकीदारीको काम गरी लुकिछिपी बस्दै आएका आरोपितलाई कोभिड–१९ को जोखिम बढेसँगै घर फर्केको बेला गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो ।

आरोपितलाई वैशाख २३ गते पिसिआर परीक्षण गरी जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

अन्य

भिडियो