INSEC Online

📅 २०८३ जेष्ठ २२

उपचार अभावमा एक जना बिरामीको मृत्यु


बटेश्वरमा ४५ वर्षीय पुरुष बिरामीको उपचार अभावमा वैशाख २१ गते बिहान छटपटिएर मृत्यु भएको छ ।

पाँच दिनदेखि रुघाखोकी र ज्वरोबाट पीडित उनलाई वैशाख २० गते साँझ ८ बजे उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो ।

प्रादेशिक अस्पतालको आइसोलेशनमा बेड खाली नभएपछि जनकपुरकै केही निजी अस्पतालमा समेत लैजाँदा उनलाई भर्ना नगरेपछि एम्बुलेन्स चालकले परिवारजनको आग्रहमा पुनः बटेश्वरमै ल्याएका थिए ।

बटेश्वरस्थित एक मेडिकल हलको अगाडि बरण्डामा अक्सिजन अभावमा छटपटिएर उनको मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताउनुभएको छ ।

एम्बुलेन्स चालक महतोका अनुसार उनको शरीरमा अक्सिजनको मात्रा ४५ मात्र थियो । एम्बुलेन्समा अक्सिजन लगाएर उपचारको लागि जनकपुर लगेको उहाँले बताउनुभयो ।

उनलाई कोभिड सङ्क्रमणको आशङ्का गरिएको भएपनि पिसिआर परीक्षण भने हुन सकेको थिएन ।

अन्य

भिडियो