भीमदत्त नपा-४ महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिर सामुदायिक कलेजमा माघ २६ गते राति अज्ञात समूहले आगजनी गरेका छन ।
०७३ माघ २६ गते राति ३ बजे आएका ४/५ जनाको अज्ञात समूहले कलेजका चौकीदार दिलबहादुर चौधरीलाई कोठामा थुनेर कलेजको लेखा शाखामा भएका कागजपत्र र सामानहरूमा आगो लगाएका थिए ।
आगलागीबाट लेखा शाखाका सम्पूर्ण कागजात र फर्निचर जलेर नष्ट भएको कलेज प्रमुख डा.राजकुमार साउदले बताए । जिल्ला प्रहरी कार्यालयले कलेजमा आगजनी गर्ने समूहको खोजी भइरहेको जनायो ।