INSEC Online

📅 २०८३ श्रावण ६

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उपमनपा–७ की २४ वर्षीया विपना रेग्मी पोख्रेलको हत्या गरेको आरोपमा प्रहरीले पति २५ वर्षीय पदम पोख्रेललाई  वैशाख १५ गते ग्वारखोलाबाट गिरफ्तार गरेको छ ।

घरयासी विवादमा पत्नीलाई आरोपितले वैशाख १४ गते राती ढुङ्गाले प्रहार गरेर हत्या गरेको भन्दै पीडितपक्षले मौखिक जानकारीका आधारमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।  पीडितपक्षले वैशाख १५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

ढुङ्गा प्रहारबाट टाउकोमा चोट लागेकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लैजाने क्रममा वैशाख १४ गते मृत्यु भएको थियो ।

शवको पोष्टमार्टम वैशाख १५ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो