२९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बेलकोटगढी नगरपालिका– ९ का २० वर्षीय प्रकाश तामाङलाई तीन वर्ष ६ महिलाको कैदको फैसला सुनाएको छ । साथै अदालतले पीडित महिलालाई रु.३० हजार क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुईँटेलको वैशाख १३ गतेको इजलासले तमाङ्लाई सो सजायको फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
०७६ असार २६ गते बलात्कार गरेको आरोपमा पीडितले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ असार २७ गते नै त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिको थियो । प्रहरीले तमाङविरुद्ध अदालतमा बलात्कार अभियोगमा ०७६ साउन ६ गते मुद्दा दर्ता भए पनि अदालतबाट बलात्कार प्रयास मात्र भएको ठहर गर्दै उक्त फैसला गरेको हो ।