INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका ५० वर्षीय शिक्षक खड्कबहादुर लिम्बुलाई भरुवा बन्दुकबाट गोली प्रहार गरेर हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय प्रताप भन्ने आकाश लिम्बुलाई प्रहरीले वैशाख ९ गते गिरफ्तार गरेको छ ।

वैशाख ९ गते बेलुकी ५ः३० बजे खड्कबहादुरको घर नजिकै लुकेर बसेका लिम्बुले हानेको गोली लागेर शिक्षक लिम्बुको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन पोखरेलले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

मृतक लिम्बु मेरिङदेन गाउँपालिका–२ सान्थाक्रास्थित जालपादेवी आधारभुत विद्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको इन्स्पेक्टर पोखरेलले बताउनुभयो । आरोपित लिम्बुलाई गिरफ्तार गरी हत्यामा प्रयोग गरिएको भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको छ ।

शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको अस्पतालका प्रमूख डा. सोनिङ लामाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो