INSEC Online

📅 २०८३ जेष्ठ २३

एक महिनामा ८१ जना महिलासहित १ सय जना पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले एक महिनामा १९ जना पुरुष र ८१ जना महिला गरी १ सय जना पीडित भएका जनाएको छ ।

चैत महिनामा इन्सेक अनलाइनमा प्रकाशित समाचारका अनुसार विभिन्न घटनामा परी १ सय जना पीडित भएका वैशाख ७ गते प्रकाशित मासिक विश्लेषणमा उल्लेख छ ।

०७७ चैत महिनामा प्रकाशित समाचारका अनुसार विभिन्न घटनामा परी १ सय जना पीडित भए । जसमध्ये सात पंदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २१ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा सात जना पीडित भएका समाचार प्रकाशित भए ।

त्यसैगरी बागमती प्रदेशमा २० जना, प्रदेश १ मा १७ जना, प्रदेश २ मा १४ जना, गण्डकी प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा आठ जना पीडित भएका समाचार प्रकाशित छन् ।

प्रकाशति समाचार अनुसार १९ जना पुरुष र ८१ जना महिला पीडित भएका छन् । चैत महिनामा एक जनालाई गिरफ्तार गरिएको छ भने एक जना महिलासहित नौ जनालाई कुटपिट गरिएको उल्लेख छ ।

त्यसैगरी गोलीबाट दुई जना, प्रहरीले कुटपिट गरेर दुई जनासहित पाँच जना घाइते भएका थिए । परिवारजनबाट एक जना नवजात शिशुसहित १० जना, बलात्कारपछि एक जना र यौन दुर्व्यवहारपछि एक जनाको हत्यासहित १२ जनाको हत्या गरिएका समाचार प्रकाशित गरिएको छ ।

मानव अधिकार अवस्थाको मासिक विश्लेषण (२०७७ चैत)

 

अन्य

भिडियो