INSEC Online

📅 २०८३ जेष्ठ २२

दुर्व्यवहार घटनका आरोपित विरुद्ध उजुरी

नयाँ पत्रिका दैनिकका जिल्ला सम्वाददाता सिरहा नपा–७ का ३७ वर्षीय सुरेन्द्र कामती र एभिन्यूज टेलिभिजनका सम्वाददाता सिरहा नपा–११ का ३९ वर्षीय शुभनारायण कामतीलाई कथित बोक्सीको आरोपसम्बन्धी घटनाको समाचार सङ्कलन गर्न गएको बेला दुर्व्यवहार गरेको आरोपमा पीडित पत्रकारद्वयले औरही गाउँपालिका–५ का २८ वर्षीय चन्दन भनिने रामचन्द्र साहविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख ६ गते उजुरी दिएका छन् ।

कथित बोक्सीको आरोपमा अभक्ष कोच्याएको सूचना पाएपछि समाचार सङ्कलनका लागि घटनास्थल गएको बेला आरोपित साहले गालिगलौज गर्दै मार्ने धम्की दिएको पीडित पत्रकार शुभ नारायणले बताउनु भयो ।

घटनाका आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठले बताउनु भयो ।

औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई वैशाख ४ गते बिहान कथित बोक्सीको आरोप लगाई २८ वर्षीय भतिजा घुरन साह, बुहारीहरू ४८ वर्षीया सुर्जी साह, ४० वर्षीया कोशिला साह र २७ वर्षीया सरिता साहले अभक्ष कोच्याएको आरोप छ ।

अभक्ष कोच्याएको आरोपमा प्रहरीले आरोपित घुरन साहलाई वैशाख ५ गते गिरफ्तार गरेको छ भने अन्य आरोपित फरार रहेको जनाएको छ ।

अन्य

भिडियो