INSEC Online

📅 २०८३ जेष्ठ २१

मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा गिरफ्तार

लहान नपा–८ स्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २० वर्षीय गुड्डु भनिने रामजतन मुखियालाई इलाका प्रहरी कार्यालय लहानले चैत २८ गते गिरफ्तार गरेको डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो ।

यसअघि सुखिपुर नपा–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले चैत १६ गते गिरफ्तार गरेको डिएसपी दाहालले बताउनु भयो ।

चैत १ गते भएको बम विष्फोटबाट कार्यालयमा आएका सेवाग्राही, कर्मचारी गरी आठ जना घाइते भएका थिए ।

सोही कार्यालयका कर्मचारी नायव सुब्बा विष्णुपुर गाउँपालिका–३ का ३८ वर्षीय शिवकुमार यादव, सेवाग्राहीहरु भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव, धनगढीमाई नपा–४ का ३० वर्षीय दिनेश भण्डारी, गोलबजार नपा–६ की ३५ वर्षीया लक्ष्मी राण, ३५ वर्षीया बेचनी मगर, गोलबजार नपा–४ की ३८ वर्षीया फुलकुमारी ठाकुर, लहान नपा–१६ का ४५ वर्षीय लालबाबु बिक र लेखनदास धनगढीमाई नपा–१३ का ८२ वर्षीय भोला बहादुर पाचे मगर घाइते भएका प्रहरीले जनायो ।

घाइतेहरूको उपचार लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान र सप्तऋषी अस्पतालमा गराइएको भए पनि गम्भीर घाइते हुनुभएका दिनेश भण्डारीलाई सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौँ लगिएको थियो । उहाँको उपचार काठमाडौँमा गरिएको थियो ।

मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा गिरफ्तार
मालपोत कार्यालयमा भएको बम विष्फोटमा परी आठ जना घाइते

अन्य

भिडियो