१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १३ का नारायण काफ्ले र बर्दघाट नपा–२ का प्रदिप चापागाईलाई चैत २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितद्वयले चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले चैत २४ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी राजु लामाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २४ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।