INSEC Online

📅 २०८३ जेष्ठ २२

कुटपिट घटना आरोपित शिक्षकले माफी मागेपछि मिलापत्र

हरिनगर गाउँपालिका–४ स्थित हरिनगर माध्यमिक विद्यालयमा अध्ययनरत सोही ठाउँका १७ वर्षीय बालक सुभेषकुमार मेहतालाई कुटपिट गरेको विषयमा आरोपित शिक्षकले चैत १७ गते पीडित विद्यार्थी र अभिभावकसँग माफी मागेपछि मिलापत्र गरिएको छ ।

पीडित विद्यार्थीलाई ४० वर्षीय शिक्षक रघुनाथ मेहताले चैत १३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिना गल्ती प्लाष्टिक पाइपले कुटपिट गरेको अभिभावक रामदेव मेहताले बताउनु भयो ।

होलीका बहानामा चैत १३ गते पीडित विद्यार्थीले झ्याल फोडेर भाग्न खोज्दा टाउकोमा चोट लागेको आरोपित शिक्षकले बताउनु भयो ।

टाउकमा चोट लागेका पीडितको उपचार चैत १४ गते जिल्ला अस्पतालमा गरिएको छ ।

उपचार खर्च बापत लागेको ८ सय रुपियाँ आरोपित शिक्षकले तिरेपछि चैत १८ गते मिलापत्र गरिएको अभिभावक रामदेव मेहताले बताउनु भएको छ ।

अन्य

भिडियो