३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय देवरलाई चैत १५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १४ गते सुतिरहेको अवस्थामा बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताउनु भयो ।
पीडितपक्षको मौखिक उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।