१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार घटनाका आरोपित भगवती गाउँपालिका–१ पगनाथका ३० वर्षीय नेत्रप्रसाद अधिकारीलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ ।
गाउँमा लुकेको सूचनाका आधारमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।
आरोपितले मोबाइल चार्ज गरिदेऊ भन्ने बहानामा ०७७ फागुन ५ गते युवतिको घरमै दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी गरेको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन ६ गते दैलेख अस्पतालमा भएको थियो ।