INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हेलम्बु गाउँपालिका–१ हेलम्बुकी ३९ वर्षीया सुम्जी तामाङको कुटपिट गरी हत्या गरेको अरोपमा पति ३९ वर्षीय फुरछेवाङ तामाङलाई प्रहरीले चैत ११ गते लुकिछिपि बसेको अवस्थामा स्थानीय जङ्गलबाट गिरफ्तार गरेको छ ।

आरोपितले चैत ८ गते बेलुका पत्नीलाई लात्ती, मुक्का र लाठी प्रहार गरी हत्या गरेको र हत्यापछि स्थानीय दोरिङ सामुदायीक जङ्गलमा लगि फालेको अवस्थामा चैत ९ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

आरोपितविरुद्ध चैत ९ गते पीडितका छोराले इलाका प्रहरी कार्यालय हेलम्बुमा किटानी उजुरी दिएको डिएसपी सापकोटाले बताउनु भयो ।

पीडितको चैत ९ गते नै प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा पोष्टमार्टम गरी आफन्तले  शवको दाह संस्कार गरेको डिएसपी सापकोटाले जानकारी दिनु भयो ।

अन्य

भिडियो