२१ वर्षीया युवतीलाई बेचबिखन प्रयास गरेको कसुरमा जिल्ला अदालत, कैलालीले चैत ४ गते गौरीगंगा नगरपालिका—५ अण्डैयाकी २५ वर्षीया दिपा रसाइलीलाई १ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश बाबुकाजी बानियाको इजलासले चैत ४ गते बेचबिखन प्रयासको कसुरमा कैद सजायको फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार राइभान कुञ्जडाले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
युवतीलाई बेचबिखनको लागि भारत लैजान लागेको आरोपमा पीडित पक्षले ०७६ मङ्सिर ६ गते रसाइलीका विरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले आरोपितलाई मङ्सिर ६ गते नै गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालत, कैलालीले ०७६ पुस २० गते पुर्पक्षका लागि कारागार पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ मङ्सिर ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।