१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलाशले फागुन १९ गते सुनारलाई यस्तो फैसला गरेको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनु भयो ।
आरोपितले ०७७ असोज २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ९ गते जिल्ला अदालत सल्यानमा मुद्दा दर्ता गरेको थियो । आरोपित फरारको सूचीमा रहेको अदालतले जनाएको छ ।