INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१८ वर्षीया युवतीलाई  बलात्कार गरेको आरोपमा पीडितपक्षले मायादेवी गाउँपालिका–२ तिलौरीका २४ वर्षीय रवि भनिने  विर्जलाल थारू विरूद्ध  फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले विवाहको  प्रलोभन देखाएर बलात्कार गर्दै आएको र अन्तिम पटक मङ्सिर ३० गते बलात्कार गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा  बताउनु भयो । आरोपित फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनायो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १८ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो