INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखनको कसुरमा १० वर्ष कैद सजायको फैसला

२० वर्षीया युवतीलाई ललाई फकाई बेचबिखनका लागि भारततर्फ लैजानेक्रममा गिरफ्तार भएका दुप्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय सुकमान तामाङलाई जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायधीश उमेशप्रसाद लुँईटेलको इजलासले फागुन ९ गते आरोपित तामाङलाई १० वर्ष कैद, ५० हजार रुपैया जरिवाना र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

तामाङले तादी गाउँपालिकाकी युवतीलाई रोजगारीको प्रलोभन देखाई बेच्ने उद्देश्यले देविघाट–गल्छी सडक हुँदै बसमार्फत भारततर्फ लैजानेक्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बाट प्रहरीले ०७६ जेठ १५ गते गिरफ्तार गरेको थियो ।

प्रहरीले आरोपित तामाङलाई मानव बेचबिखन तथा ओसार पसार कानून अन्तर्गत ०७६ जेठ १९ गते अदालत पुस गरेकोमा अदालतको असार २ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा गएका थिए ।

 

अन्य

भिडियो