INSEC Online

📅 २०८३ जेष्ठ २१

माओवादी कार्यकर्ताद्वारा जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले माघ १२ गते मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

कार्यलयमा बसिररहेको अवस्थामा शिक्षक नियुक्तिमा भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै माओवादी कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।

६ जनाको समूहमा जिल्ला शिक्षा कार्यालय पुगेका अखिल क्रान्तिकारीमा आबद्ध कार्यकर्ताले जिल्ला शिक्षा अधिकारी खनाललाई आफ्नै कार्यकक्षबाट प्रशासन फाँटमा बोलाएर मोसो दलेका हुन् ।

खनालले कमिशन खाएर ऐन नियम विपरीत विद्यालय व्यवस्थापनको सहमति बेगर शिक्षकहरूको सरुवा गरेको, विद्यालय भवन निर्माण कार्यक्रम प्राविधिकको सल्लाह बेगर वितरण गरेको र कमिशन खाएर शिक्षक तथा कर्मचारीहरूको सरुवा गरेकोले मोसो दलेको नेकपा माओवादीका मोरङ इञ्चार्ज पुस्कर श्रेष्ठले बताए । आफूहरूले पटकपटक सच्चिन आग्रह गरेपनि नसच्चिएकाले मासो दलेर कारबाही गरेको श्रेष्ठले बताए ।

अन्य

भिडियो