पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नातेदार ३८ वर्षीय पुरुषलाई फागुन ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन ३ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले फागुन ७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।