१५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले कुमाख गाउँपालिका –४ निवासी १८ वर्षीय राजु केसीलाइ फागुन ५ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाइ ०७७ पुस ६ गते बलात्कार गरेको भन्दै पिडीत पक्षले ०७७ पुस १३ गते दिएको उजुरीको आधारमा फरार रहेका आरोपितलाई गाउँबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको थियो ।