INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भद्रपुर नगरपालिका–७ स्थायी घर भइ सोही नगरपालिका–१० बुधकरण चिया बगान क्वाटरमा बस्दै आउनु भएकी ६० वर्षीया फिल्सीता उराउको हत्या गरेको आरोपमा प्रहरीले ५८ वर्षीय पति साहेवा उराउलाई फागुन ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई घरायसी विवादका क्रममा आरोपितले फागुन ३ गते ढुङ्गा प्रहार घाइते बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।

पीडितको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा फागुन ४ गते मृत्यु भएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम मेची अस्पतालमा फागुन ४ गते गरी शव पीडित पक्षलाई जिम्मा लगाएको डिएसपी थापाले बताउनु भयो ।

अन्य

भिडियो