३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–५ का ३५ वर्षीय अजय भनिने ज्यामिरे अलीलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २७ गते बलात्कार गरेको भन्दै पीडितले फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ३ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।