१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७३ माघ ११ गते १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित बालकले पुस २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको माघ ४ गते नै चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ ।
आरोपित बालकलाई अनुसन्धानको लागि राख्ने ठाउँ अन्यत्र नभएका कारण जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा वयस्कहरूसँगै राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए ।