INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै भगवतीमाई गाउँपालिका–६ कट्टीका १९ वर्षीय गणेश विकविरूद्ध पीडित पक्षले उजुरी दिएको छ ।

आरोपितले बालिकालाई माघ २८ गते यौन दुर्व्यवहार गरेको भन्दै माघ २९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता भएको इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो । फरार रहेकोले आरोपितको खोजी र घटनाको अनुसन्धान सुरू गरिएको उहाँले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २९ गते दैलेख अस्पतालमा गरिएको डाक्टर जीवन ज्ञवालीले जानकारी दिनुभयो ।

अन्य

भिडियो