१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– ४ बाढिपीडित निवासी १९ वर्षीय प्रदिप घर्तीलाई माघ २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इन्स्पेक्टर कपिल वाग्लेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।