७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नारायण नगरपालिका –२ का ११ वर्षीय बालकलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई माघ २२ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २७ गते दैलेख अस्पतालमा गरिएको डाक्टर जगत थापाले जानकारी दिनुभयो ।