INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया पत्नी रामकुमारी बस्नेतलाई कुटपिट गरेको आरोपमा प्रहरीले जगदुल्ला गाउँपालिका –४ छाचुंका ४८ वर्षीय कवि थापालाई माघ २८ गते गिरफ्तार गरेको छ ।

मदिरा सेवन गरेर पटक–पटक चोट लाग्ने गरी कुटपिट गरेका पतिले पछिल्लोपटक माघ २७ गते मरनासन्न हुनेगरे कुटपिट गरेको भन्दै सोहि दिन प्रहरी चौकी काइगाउँमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको प्रहरी चौकीका सई वसन्त चौधरीले बताउनु भयो ।

पीडित महिलाको उपचार काइगाउँस्थित स्वास्थ्य चौकीमा गरिएको अहेव नवराज रोकायाले बताउनुभयो । उहाँका अनुसार कुटपिटबाट महिलाको दाहिने खुट्टा र बायाँ आँखामा चोट लागेको छ ।

अन्य

भिडियो