१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माघ २६ गते २५ वर्षीय नाता पर्ने दाजुलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ललाइफकाई माघ २४ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरेपितविरुद्ध माघ २६ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताउनुभयो ।
प्रहरीले आरोपितविरुद्ध माघ २६ गते जबरजस्ती करणी उद्योग शीर्षक अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते गोरखा अस्पतालमा भएको छ ।