INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–४ का २७ वर्षीय टोप बहादुर थापालाई माघ १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  माघ १४ गते बलात्कार गरेको भन्दै पीडितले माघ १५ गते  इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर कमल परियारले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी  कारबाही प्रक्रिया  अगाडि बढाइएको इन्स्पेक्टर कमल परियारले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

यसैगरी, सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ का ४३ वर्षीय हीरालाल दमाईलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

पीडितलाईि आरोपितले  माघ १४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ १५ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए । पीडितपक्षले दिएको मौखिक सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इन्स्पेक्टर कमल परियारले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

अन्य

भिडियो