INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, कैलालीमा माघ १२ गते उजुरी दिएका छन् ।

माघ ११ गते मालपोत कार्यालयमा सूचना सङकलन गर्ने क्रममा कार्यालयका प्रमुख केसीले आफूमाथि दुर्व्यवहार गर्नु भएकोले न्यायका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गरेको  पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकोले घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली, डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

 

अन्य

भिडियो