१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।
यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा घटनास्थलमा फेला परेका प्रमाणर र घटना क्रमले यौन दुव्र्यवहार गरेको पुष्टि भएकोले जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट माघ १२ गते उक्त फैसला भएको अदालतका सूचना अधिहारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङ्गले पीडितलाई ३५ हजार क्षतिपूर्ति र एक हजार रूपिँया पीडित सहायता कोषमा तिनुपर्ने पनि फैसलामा उल्लेख छ ।
घरमा सुतिरहेकी १६ वर्षीया बालिकालाइ ०७६ फागुन ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०७६ फागुन ७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले सोहि दिन घरबाटै गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ७ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान सकेर फागुन ३० गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी उद्योग सम्वन्धी मुद्दा दर्ता गरेकोमा अदालतले सोहि दिन पुर्पक्षका लागि कारागार पठाएको थियो ।