व्यास नपा– १२ की ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३३ वर्षीय छोरा प्रेम दरैलाई माघ ९ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरेका आरोपितले माघ ८ गते राति चिर्पट प्रहार गरी आमाको हत्या गरेका थिए ।
चिर्पट प्रहारबाट वृद्धाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
उहाँले आरोपितलाई गिरफ्तार गरी घटनाको थप अनुसन्धान गरिरहेको बताउनुभयो ।
शवको पोष्टमार्टम माघ ९ गते दमौली अस्पतालमा गरियो ।