२७ वर्षीया महिलालाई माघ ३ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपालीलाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ ।
आफूलाई घर पछाडि खेतमा बोलाएर बलात्कार गरेपछि ईलाका प्रहरी कार्यालय, चौमालामा फोन गरी घटनाका बारेमा जानकारी गराएको पीडितले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।
इलाका प्रहरी कार्यालय, चौमालाले आरोपितलाई गिरफ्तार गरी माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा बुझाएको र अरोपितबिरुद्ध माघ ४ गते नै जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक बिष्टले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।