१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु भनि आफ्नै घरमा पुर्याई बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
पीडित बालिकाका आफन्तले माघ २ गते इलाका प्रहरी कार्यालय जलवीरेमा आरोपित लामाविरुद्ध उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो ।
इन्स्पेक्टर घिमिरेका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ३ गते चौतारा अस्पतालमा गरिएको छ ।