जिल्ला कारागार खाँदबारीमा क्षमता भन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ ।
२५ जना कैदीको क्षमता भएको कारागारमा १ सय ४३ जना कैदी बन्दी राख्दा समस्या भएको खाँदबारी कारागारका प्रमुख जेलर विनोद अधिकारीले बताउनु भयो ।
कारागारमा १ सय ३४ जना पुरूष र नौ जना महिला कैदी बन्दी छन् । त्यसमा १२ जना जेष्ठ नागरिक छन् ।
क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी भएकाले दैनिक क्रियाकलाप खान, बस्न,सुत्न र शौचालय प्रयोग गर्न समस्या हुने गरेको कारागारका चौकीदार पर्शुराम राईले बताउनु भयो ।
कैदीबन्दीहरू कारागार भित्र पुगेपछि मानवीय व्यवहार पाउनु पर्ने भए पनि त्यसअनुरुप सुविधा दिन सक्ने अवस्था नभएको जेलर अधिकारीले बताउनु भयो ।
कारागारको सुधार तथा क्षमता वृद्धि गर्ने कारागार व्यवस्थापन विभागलाई अनुरोध गरे पनि बेवास्ता गरिएको जेलर अधिकारी बताउनु भयो ।
जेलर अधिकारीले कैदी बन्दीको समस्यालाई मध्य नजर गर्दे भवनको माथिल्लो तला थप गर्न लागि ठेक्का प्रक्रिया अघि बढाइसकेको र चाडैं भवन निर्माणमा तर्फ लाग्ने बताउनु भयो ।
भौतिक संरचना आवश्यक मात्रामा नहुँदा कैदीहरूले बर्खा याममा पानी चुहिने छाप्रोमा खाना पकाएर खानु पर्ने र हिउँदमा चिसो बतास खेप्नु पर्ने बाध्यता रहेको कैदी धनबहादुर खालिङले गुनासो गर्नु भयो ।