१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारत,किसनगञ्ज पौखालीथाना स्थायी घर झापा गाउँपालिका–३ मा बसोवास गर्दै आएका २१ वर्षीय समीर खानलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश इन्दिरा शर्माको पुस २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद पराजुलीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ वैशाख १८ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २४ गते इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तारी गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको ०७७ जेठ १९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा वैशाख १८ गते गरिएको थियो ।