INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पीडित बालिकाको उपचारमा इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित १४ वर्षीया बालिकाको स्वास्थ्य उपचारका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले सहयोग गरेको छ ।

अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका  बुवाले कानुनी तथा स्वास्थ्य उपचारमा आवश्यक सहयोग गरिदिन भन्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जमा पुस २३ गते निवेदन दिएका थिए ।

शारिरिक , मानसिक तथा बौद्धिकरुपले अपाङ्गता भएकी बालिका बिरामी भएपछि पुस १८ गते नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारको क्रममा आठ हप्ताको गर्भ रहेको चिकित्सकले बताएपछि बलात्कृत भएको जानकारी पाएको पीडितका बुवाले  इन्सेक प्रतिनिधिसँगको प्रत्यक्ष भेटमा बताउनु भयो ।

पीडितका बुवाले पुस २२ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको सइ रणधिर जैसीले बताउनु भयो ।  पीडित बोल्न नसक्ने भएका कारण आरोपित पत्ता लगाउन समस्या भएको र घटनाको  अनुसन्धान भइरहेको  सइ जैशीले बताउनु भयो ।

इन्सेकको सिफारिसमा पीडितलाई  भेरी अस्पताल नेपालगञ्जले पुस २३ गते भर्ना गरेर उपचार सुरू गरेको छ ।

अन्य

भिडियो