विद्या मन्दिर माध्यमिक विद्यालय,चन्द्रागिरी नपा–१३, पुरानो नैकाप, काठमाडौँमा इन्सेकले जडान गरेको पानी शुद्धिकरण मेसिन एक कार्यक्रमकाबीच इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
विद्यालयमा पानी शुद्धिकरण मेसिन जडान भएपछि विद्यार्थी, शिक्षक तथा कर्मचारीले शुद्ध खानेपानी खान पाउने सो समारोहमा कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भयो ।

सो विद्यालयलाई इन्सेकले यसअघि पनि शिक्षण पद्धतिलाई सघाउने सामग्री हस्तारण गरिएको स्मरण गर्नु भयो ।
चन्द्रागिरी नपा–१० का वडाध्यक्ष बालमुकुन्द बिडारीले इन्सेकको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको काममा इन्सेकले सहयोग गरेको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक माधव गौतमले इन्सेकले विगतदेखि नै विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटोँडाका संयोजक कृष्ण गौतमले सञ्चालन गर्नु भएको समारोहमा विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।