INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ७ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई कर्जन्हा नपा–३ का २१ वर्षीय रामजतन दासले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले पुस २० गते ७ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश खरेलको इजलासले सो फैसला गरेको हो ।

पीडित युवतीलाई ०७६ वैशाख १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार २५ गते उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २५ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले दासलाई असार ३० गते घरबाटै गिरफ्तार गरेकोमा जिल्ला अदालतले साउन २३ गतेको आदेशमार्फत आरोपितलाई २ लाख रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

अन्य

भिडियो