INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पुस १५ गते भरतपुर महानगरपालिका–१८ का २१ वर्षीय सुकबहादुर तामाङलाई सात वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश गायत्री रेग्मीको इजलासले पुस १५ गते सो फैसला गरेको हो ।

पीडित बालिकालाई ०७७ असार २६ गते बलात्कार गरेको भन्दै पीडितको आमाले असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

आरोपीतलाई प्रहरीले असार २८ गते गिरफ्तार गरेको गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २८ गते भरतपुर अस्पतालमा भएको थियो ।

अन्य

भिडियो