१३ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१२ का ३४ वर्षीय अम्मर कुँवरलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई मङ्सिर १४ गते गरी यौन दुर्व्यहार गरेको भन्दै पीडितपक्षले मङ्सिर २७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो । उजुरीका आधारमा बलात्कार प्रयासमा शिर्षकमा कारबाही अगाडि बढाएकोे डिएसपी राठोरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको थियो ।